मङ्सिर १७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘एनसेल मेला २०७६’ नगर्न चेतावनी दिएको छ ।
सो पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै भ्रष्ट एवम् ठग दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको कथित ‘एनसेल मेला २०७६’ गर्न नदिने बताएका हुन ।
पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ ।
पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’
विज्ञप्तिको पूर्णपाठ
प्रतिक्रिया दिनुहोस