मङ्सिर १७, काठमान्डौ । युकेमा रहेकी समाजसेवी इशा गुरुङले सीमानामा भारतले मिचेको भूभाग जोगाउन नेपाल सरकारले कुनै पहल नगरेको प्रति चिन्ता व्यक्त गरेकी छन् । देशप्रेमी युवाहरु अतिक्रमण भएका कालापानी, लिपुलेक र लिम्पियाधुरा पुगेर झण्डा गाडी सके, काँडेतार लगाई सके, अनशन बसिसके तर नेपाल सरकार मौन रहेको भन्दै आक्रोस पोखेकी हुन् ।
आफ्नो सामाजिक संजाल फेसबुक मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउदै अतिक्रमण भएको भूभाग बचाउन जुटिरहेका देशप्रेमी नेपालीहरुसंगै नेपाल सरकारले आफ्नो भुमि फिर्ता गर्न कुटनीतिक पहल गर्नुपर्नेमा जोड दिएकि छिन ।
सिमा अतिक्रमण समस्याको समाधान नेपाल सरकारको पहल बिना हुन नसक्ने बताउदै गुरुङले भनेकी छिन, ‘कालापानी, लिपुलेक, दार्चुला, लिम्पियाधुरा भुभागहरूको लागि देश प्रेमी युबाहरू ४/४ दिन लगाएर झन्डा गाडिसके, काँडेतार लगाइसके, अनशन बसिसके, भुभागको प्रमाणहरू बोकेर फर्किसके, नेपाल बाहिर युरोप तिर भारत राजदुत अगाडी आन्दोलन गरिसके, तर अझै ओली सरकारबाटै पहल नगरी यो समस्याको समाधान कदापी हुदैन ।
प्रधानमन्त्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै आफ्नो उपचार संगै देशको उपचार गर्नु पर्नेमा जोड दिएकि छन् । प्रधानमन्त्री ओलीले आफ्नो उपचार गर्न विदेश गएपनि सीमामा देश बिरामी भएकोले देशको सिमा जोगाउन कसैलाई जिम्मा दिएर, आफ्नो उपचारमा जान प्रधानमन्त्रीलाई अनुरोध गरेकी छन् । साथै प्रधानमन्त्रिको शु-स्वास्थलाभको कामना समेत गरेकी छिन ।
उनले भनेकी छन, ‘हो हजुर धेरै बिरामी हुनुहुन्छ, हजुरको स्वास्थ्यमा समस्या छ, हजुरलाइ जस्तै यहाँ लाखौ गरीब नेपालीहरूको समस्या पनि उस्तै छ । औषधि उपचारको लागी जिबन बाँच्नु र मर्नुको दोधारमा आर्थिक सहयोगको अपिल गरेर हार गुहार मागिरहेका छन ।’
यस्तो छ उनको स्टाटस:
प्रतिक्रिया दिनुहोस