बागलुङमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु


मंसिर १७, काठमान्डौ । बागलुङको देवीस्थानको लागि छुटेको जिप तुरतुरेताल अगाडि दुर्घटना भएको छ ।

गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान गुल्मीको दोहलीबाट बागलुङको देवीस्थानको लागि  बागलुङका लागि कार्की परिवारलाई बोकेर आएको ग१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट ३ सय मिटर तल बडिगाढ खोलामा खसेको प्रहरीले जनाएको छ ।

बुर्तिबाङ्ग प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार एक बालकसहित १४ जनाको मृत्यु भएको छ । ३ जना घाइतेलाई अस्पताल पठाइएको छ ।

दोहलीका समाजसेवी विष्णु सुनारका अनुसार इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट कार्की परिवार कुल पुजाका लागि बाग्लुङतर्फ जाँदै थिए ।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लिइएको छ । जीपमा १८ जना सवार रहेको बताइएको छ ।

केही दिन अगाडि मात्रै अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

१७ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको