ट्राफिक जाममा फसेपछि यी व्यक्तिले आफैं बनाए हेलिकोप्टर


मङ्सिर १७, काठमाडौँ । तपाईं ट्राफिक जाममा फस्नुभयो भने केके सोच्नुहुन्छ ? एक व्यक्तिले ट्राफिक जाममा फसेपछि उनी आफैंले हेलिकोप्टर बनाएका छन् ।

ट्राफिक जामबाट हैरान भएका उनले त्यसबाट बच्नका लागि हेलिकोप्टर बनाएका हुन् । यो घटना इन्डोनेशियाको जकार्ताको हो ।

त्यहाँ बस्ने जुजुन जुनैदीले आफ्ना लागि हेलिकोप्टर बनाएको समाचार एमएसएन न्युजले लेखेको छ । जुजुन जुनैदीले बताएका छन्, ‘ट्राफिक जाममा फसेपछि हेलिकोप्टर बनाएर त्यसैमा उड्ने सोच बनाएको थिएँ ।’

उनी एक गाडी मेकानिक हुन् । उनले १८ महिना अघिदेखि हेलिकोप्टर बनाउन शुरू गरेको बताएका छन् । हेलिकोप्टर निमाणका निम्ति उनको अहिलेसम्म १.५० लाख भारतीय रुपैयाँ खर्च भइसकेको छ ।

उनको हेलिकोप्टरको लम्बाई २६ फिट रहेको छ भने यो पेट्रोलको सहयताले उड्छ । यसमा ७०० सीसीको २३ हर्सपावरको जेनेरेटर लाग्छ । यसको परीक्षण उडान भने अहिलेसम्म गरिएको छैन ।

२०७६ मंसिर १७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको