मेस्सीले जिते छैटौंपटक बालोन डि‘ओर अवार्ड !


मंसिर १७, काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डि‘ओर स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले जितेका छन् । आयोजक ‘फ्रान्स फुटबल’ले ३२ वर्षीय मेस्सीलाई वर्ष २०१९ का लागि छैटौंपटक सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो ।

उनले इंग्लिस क्लब लिभरपुल तथा नेदरल्यान्ड्सका डिफेन्डर भर्जिल भान डाइकलाई पछिपार्दै फ्रान्सको राजधानी पेरिसमा नेपाली समयअनुसार मंगलबार बिहान भएको औपचारिक अवार्ड घोषणा सभाबाट मेस्सी सर्वोत्कृष्ट घोषित हुँदै बालोन डि‘ओर जितेका हुन् ।

यसपटक अवार्डका लागि मेस्सी र भान डाइकसँगै इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई प्रमुख दाबेदार मानिएको थियो । तर, गत सिजन व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले भान डाइकसँगै आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोलाई पछि पार्दै छैटौंपटक प्रतिष्ठित अवार्डमा बाजी मारे ।

यससँगै मेस्सी यो अवार्ड सर्वाधिक धेरै छैटौंपटक जित्ने एक्लो खेलाडी पनि बनेका छन् । उनले आफ्ना खास प्रतिस्पर्धी रोनाल्डोलाई पछि पार्दै सर्वाधिक धेरै छैटौंपटक बालोन डि‘ओर जितेका हुन् । मेस्सीले यसअघि सन् २००९ मा पहिलोपटक यो अवार्ड जितेका थिए । २००९ देखि २०१२ सम्म लगातार चारपटक मेस्सीले सो अवार्ड जिते भने सन् २०१५ मा गरी पाँचपटक जितेका थिए ।

यता, मेस्सीभन्दा पहिला यो अवार्ड जितेका रोनाल्डोले पहिलोपटक सन् २००८ मै जितेका थिए । त्यसपछि उनले सन् २०१३ र २०१४ मा लगातार दुई वर्ष जिते भने सन् २०१६ र २०१७ मा पनि उनले लगातार दुई वर्ष जित्दै कूल पाँचपटक जितेका थिए ।

१७ मंसिर २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको