मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त


कार्तिक १७, काठमाडौं । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ।

आइतबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनाेट समितिले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्न सिफारिस गरेको थियो ।

उपकुलपतिका लागि कोइरालासँगै डा. धर्मकान्त बास्कोटा र डा.चन्द्रमणि पौडेल पनि सिफारिस भएका थिए ।

डा. कोइराला मुटु रोग विशेषज्ञ हुन् । उनी यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

१७ कार्तिक २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको