असोज १६, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।
महराका प्रेस सल्लाहकार डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए ।
गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए । सभामुखको हैसियतमा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहिबार दिउँसो संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।
महराल बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गएको र डेरा पाएपछि सरकारी निवास पनि छाडिने महराका प्रेस सल्लाहकार मल्लले जानकारी दिए ।
महरामाथि संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीमाथि यौ’न दु’व्र्यवहारको आरोप लागेको भिडियो सार्वजनिक भएको थियो ।
शाहीले सो आरोप लगाएको भिडियो सार्वजनिक भएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । यद्यपि शाहीले त्यसको भोलिपल्टै महराले यौन दुर्व्र्यवहार नगरेको भन्न अर्को भिडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस