दोस्रो विश्वयुद्ध ताकाको विमान दुर्घटना, सातजनाको मृत्यु


असोज १६, काठमाडौँ । अमेरिकाको केनाटिकटमा दोस्रो विश्वयुद्धका बेला प्रयोग हुने खालको लडाकु विमान दुर्घटना हुँदा सातजनाको ज्यान गएको छ । केनाटिकट राज्यको विमानस्थलमा विमान दुर्घटना भएको हो ।

भिन्टेज बोइङ बी–१७ विमानमा १३ जना सवार थिए । स्थानीय समय अनुसार बुधबार बिहान हार्टफोर्डको बाहिरी क्षेत्रमा दुर्घटना भएको हो । सो विमान सर्वसाधारणको प्रयोगका लागि दर्ता भएको र अमेरिकी आर्मीले नचालएको उड्डयन अधिकारीले बताएका छन् ।

अमेरिकीमा हाल १० वटा जति बी–१७ मा अझै पनि सञ्चालनमा रहेको विज्ञले बताएका छन् । बी–१७ विमान दोस्रो विश्वयुद्धको समयमा हवाई आक्रमणका लागि प्रयोग हुने गरेको थियो ।

विमान उडेको पाँच मिनेटपछि नै समस्या देखिएर फर्किएको थियो । फर्किँदै गरेको विमान ब्राड्ली अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो । मृत्यु भएकोको पहिचानमा समस्या भएको छ । बाँचेकाहरु पनि गम्भीर घाइते भएका छन् ।

देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

१६ आश्विन २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको