समुदाय प्रहरी साझेदारीमा नेपालमै पहिलोपटक चन्द्रागिरिमा फुटसल


भदौ १७, काठमाडौं । नेपाल प्रहरीले सामुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत युवा, कर्मचारी सञ्चारकर्मी तथा जनप्रतिनिधि विचको एकतालाई थप प्रगाढ बनाउन ‘‘स्वास्थ्य र सम्वन्ध सुधारका लागि खेलकुद” भने मुल नाराका साथ चन्द्रागिरिमा फुटसल प्रतियोगिता हुने भएको छ ।

समुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा उक्त फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यहि भदौ १८,१९,२० गते चन्द्रागिरि स्थित हाईभिजनको चन्द्रागिरि फुटसल मैदानमा हुने महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी निरिक्षक गायत्री राज शर्माले जानकारी दिए ।

उक्त फुटसल प्रतियोगितमा सञ्चारकर्मी, नेपाल प्रहरी र चन्द्रागिरि नगरपालिका लगायत १७ टिम विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताका लागि भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरले सञ्चारकमी टीमलाई जर्सी प्रदान गरेको छ । चन्द्रागिरि नगरपालिकाका स्थानिय बसोवास गर्दे आएका सञ्चाकर्मीलाई मंगलवार एक कार्यक्रमका विच फुटसल जर्सी प्रदान गरिएको हो ।

कार्यक्रममा भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टरका सञ्चालक पुर्ण श्रेष्ठ र रामनारायण घिमिरेले सञ्चारकर्मीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा वोल्दै भेहिकल एकेडेमी एण्ड रिर्सच सेन्टर गुर्जुधाराका सञ्चालक रामनारायण घिमिरेले समाजिक उत्तरदायित्व अन्तर्गत हाम्रो साथ र सहयोग निरन्तर रहने बताए ।

१७ भाद्र २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको