भाद्र १७, कैलाली । नेपाली हिन्दु नारिहरुको महान चाडँ हरतालीका तिज देशभर भव्यताका साथ मनाईयो । आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकोे दिन हिन्दु नारीहरूले हरितालिका तिजको दिनको रुपमा मनाउने गर्छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा पनी तिज मनाउनेहरुको पनी निकै तडभडक देखीन्थ्यो । बजारभरि स्टेज र डान्स गर्न तयार गरिएका टेन्टहरुले भरिभराउ थिए । सबैजना नाचगान र मनोरन्जमा व्यस्त थिए । तर धनगढीमै रहेको दृष्टी फाउण्डेसनकी सञ्चालीका कल्पना भट्टलाई भने तिजले छुन सकेन् । मानसिक सन्तुलन गुमाएर सडकमा आएका महिलाहरुलाई साहारा दिन फाउन्डेसन स्थापना गरेकी भट्ट रातदिन उनिहरुकै सेवाका खटिन्छीन् ।
सोमबार पनी फाउन्डेसनले मानसिक सन्तुलन गुमाएर बेसाहारा बनेकी एक महिलाको उद्धार गरेको छ । कैलालीको गोदावरी नगरपालिका–११ बाट २८ बर्षीया एक महीलालाई उद्धार गरेको हो ।
श्रीमानले दोस्रो बिहे गरेर सौता ल्याएपछी मानसिक सन्तुलन गुमाएकी उनकी ७ बर्षीया छोरी छिन् । श्रीमानले सौता ल्याएपछी परिवारबाटै निकै यातना खेप्नु परेपछी मानसिक रोगले झनझन च्याप्दै गएको स्थानियको भनाई छ । सन्तुलन गुमाएकी ति महिलालाई उनका परिवारले बिगत एक बर्षदेखी गोठमा तारजाली लगाएर राखेको थाहा पाएपछी उद्धारको लागी उनको घर पुगेको सञ्चालीका भट्टले बताईन् ।
स्थानिय युवाहरुको सहयोगमा उद्धारगरेकी महिलालाई अहिले सरसफाई गरि पुर्नस्थापनाको लागी फाउन्डेसनले साहारा दिईरहेको छ । मानसिक सन्तुलन गुमाएर सडकमा जिवन बिताई रहेका महिलाहरुलाई उद्धार गरि फाउण्डेसनले हाल २६ जना महिलाहरुलाई साहारा दिदै आएको छ ।
पर्याप्त बसोबास र आर्थिक सङकटको समस्यामा रहेको फाउण्डेसन संचालनमा आएको डेढ बर्ष पुगि सक्दा पनि सरकारी निकाय कसैले सहयोग नगरेको फाउण्डेसन कि सञ्चालीका भट्टले बताईन् ।
प्रतिक्रिया दिनुहोस