रेफ्रीमाथि खनिए मेस्सी, लगाए यस्तो आरोप


असार १८, एजेन्सी । जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल संग अर्जेन्टिनाले हारेपछि कप्तान मेस्सीले भने खेलका रेफ्री र भिएरप्रति चर्को असन्तुष्टि पोखे । खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै मेस्सीले ब्राजिल जितको हकदार रहेको बताउँदै सो खेलमा भिएआर प्रयोग नगरिनु विडम्बनापूर्ण रहेको बताए ।

उनले खेल दौरान पटक–पटक आफूहरूमाथि गम्भीर फउल हुँदा रेफ्रीले सही निर्णय नलिएको र कम्तीमा भिएआरसम्म पनि नगएको भन्दै मेस्सीले असन्तुष्टि जनाएका हुन् ।

‘उनीहरूले हाम्रो भन्दा राम्रो खेले । उनीहरूले चाँडै पहिलो गोल गरे । तर, केही गम्भीर फउलमा हामीलाई पेनाल्टी दिइएन,’ मेस्सीले भने, ‘यो क्षमायोग्य छैन । तर, कोपाको आयोजकले यस्ता खेल खेलाउने रेफ्रीमाथि ध्यान दिनेछ भन्ने लागेको छ । हाम्रा लागि यो खेल निकै खराब रह्यो ।’

मेस्सीले अघि थपे, ‘हामीले नतिजा निकाल्न सकेनौं । तर, हामीले सक्दो प्रयास गरेका थियौं । सबै कुरा उनीहरूको पक्षमा गयो । यतिसम्म कि, हामीले अपिल गरेका फउलमा पनि रेफ्रीले भिएआरमा जान आवश्यक ठानेनन् । कोपामा उनीहरूले केही घटिया कुरा देखाउन प्रयास गरे ।

सम्बन्धित संस्थाले यसबारे केही गर्नेमा आशा राख्छु । तर केही हुनेछैन । किनभने, सो संस्थामा उनीहरूको बोलवाला चल्छ ।’

१८ असार २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको