हिरासतबाट टाइगर भन्छन: ‘संगै जनयुद्द लडेका सहकर्मीले आत्मसमर्पण गर्न दबाब दिन्छन’

राज्यको प्रतिवन्ध र क्रान्तिको यात्रा


धाबहादुर खत्री ‘टाइगर’ । आज रोल्पाको हिरासत बसाई १५ दिन भयो । बर्गीय विभेदका बिरुद्द हिजो संगै युद्द लडेका सहकर्मी कामरेडहरुले आज पक्राउगर्न लगाई हिरासत पठाउनु भयो । म लगायत कैयौ आस्थावान साथीहरु हिरासतमा छौ ।

केहि साथीहरुको सहादत भएको खबरले निकै मर्माहत भएको छु ।

बस्ताबमा जसले मुक्तिका लागि बोल्न सिकायो, उनैले आज मुक्ति खोज्दा दमन धरपकडमा उत्रिए । गोलि हानेर मार्न समेत तम्सिए ।

दलाल पुजीवादी व्यवस्थाका मतियारहरुले नेपाल कम्युनिष्ट पार्टीमा आस्थावान जो कोहीलाई पनि विभिन्न आरोप लगाएर मुद्धा चलाउने काम गरिरहेका छन । संगठित अपराध कसुर अन्तरगत मुद्धा चलाउने काम तिव्रताका साथ भईरहेको छ ।

प्रहरीलाई यसवारे सोध्दा माथिको आदेश भनिरहेका छन । यतिवेलाको अवस्था हेर्दा लाग्दछ कि यो राणाकालिन शासन व्यवस्था हो । जहाँ न वोल्न पाईन्छ, न विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अनुभूती गर्न पाईन्छ ।

विश्वको उत्कृष्ठ व्यवस्था भनेर दुहाई दिन नथाक्नेहरु आज फरक र प्रगतीशिल चेत सहितको विचार राख्ने माथि निर्मम ढंगले जाई लागिरहेका छन । एकीकृत जनक्रान्तिको कार्यदिशा अवलम्वन गरेको पार्टी र त्यसका कार्यकर्तामाथि प्रतिवन्ध त्यसको ज्वलन्त उदाहरण हो ।

पछिल्लो पटक २०५१ साल तिर झण्डै यस्तै अवस्थाको सृजना भए पनि, यो स्तरको तानाशाही तत्कालिन सरकार थिएन । प्रमुख जिल्ला अधिकारीको रुपमा तत्कालिन सत्ताले रोल्पालीहरुको विचार र सपनाको हत्या गर्न अव्दुल रहिस खाँलाई पठाएको थियो । त्यो वेलाको सत्ताको सवभन्दा वढी विश्वास पात्र अव्दुलले सके सम्म दमन ग¥यो ।

तत्कालिन संयुक्त जनमोर्चामा आस्था राख्ने व्यक्तिहरुलाई रगतमा हात चोपाएर पार्टी छोड्न दवाव दिने गर्दथ्यो । राज्यको स्वत आतंक सहन नसकेर कैयौ मानिसहरु रगतमा हात चोवेर कांग्रेस प्रवेश गरेका थिए । आज परिस्थिति फेरि दोहोरिएको छ ।

ईतिहास दोहोरिदैन भनिन्छ । ईतिहास दोहोरिएको त हैन फरक ढंगले आएको छ फेरी नेपालमा । अहिले क्रान्तिकारीहरुको प्रवाहलाई रोक्न र जनताको समर्थनवाट कटाउन राज्य कम्मर कसेर लागेको छ । बिद्रोही नेकपा प्रति आस्थावान नेता कार्यकर्तालाई गिरप्तारगरि झुठा मुद्धामा फसाउने, कमजोर वैचारिक धरातल भएकाहरुलाई आत्मसमर्पण गराउने कामले तिव्रता पाएको छ ।

यही कामको लागि हरेक जिल्लामा पूर्व माओवादी केन्द्रले एक-एक जना आफ्ना कार्यकर्तालाई जिम्मा समेत दिएको छ । रोल्पामा समेत एक जना पत्रकारको कभरमा राजनीति गर्ने व्यक्तिलाई सो जिम्मेवारी दिइएको भनिन्छ । पार्टीको जिल्ला कमिटीको जिम्मेवारीमा रहेका आफुलाई पत्रकार भन्ने व्यक्तिले आत्म समर्पणका लागी प्रेस विज्ञप्ती तयार गर्दछन र कमजोर वैचारिक धरातल भएका हाम्रो पार्टीका केही साथहरु ल्याप्चे सहिछाप गर्दै आत्म समर्पणको नाटक गर्दछन ।

विगतमा रगतमा हात चोप्ने र अहिले प्रेस विज्ञप्ती निकालेर, आत्म समर्पणको नाटक गर्नेमा के फरक छ । दलालहरुले वुझ्नु पर्छ हिजो पनि माओवादी सकिए भनेर डंका नपिटिएको हो र ? तर क्रान्तिकारीहरु कहिल्यै सकिएनन वरु दुवो झै फैलिदै गए ।

आज पनि तिम्रा आत्म समर्पणको नाटकले क्रान्तिकारीहरु झन स्पातिला वन्दै गएका छन ।

अहिले प्रचण्ड वादल, वर्षमानहरु निकै अराजक ढंगले क्रान्तिकारीको गला रेन्ट उद्धत देखिएका छन । जनताले नचाहेको युद्ध थोपार्दै हतियारको व्यापार गर्न खोजिरहेका छन । १७ हजार मान्छेको रगतको आहालमा वसेर ऐस आरामको जीवन विताईरहेका दलालहरुलाई हामी चेतावनी दिन चाहान्छौ, हामी युद्ध होईन क्रान्ति चाहान्छौ ।

१७ हजार नेपालीको रगत पिएका युद्ध पिपासुहरु फेरि अर्को युद्धको तयारीमा लागेको हामीलाई थाहा छ तर हामी सचेततापूर्वक भनिरहेका छौकी हामी क्रान्ति चाहान्छौ । परिवर्तन चाहान्छौ । समानता र सामाजिक न्याय चाहान्छौ ।

(लेखक- टाईगर जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा छन, उनका आफ्नै निजि बिचार हुन्)

२०७६ जेष्ठ २०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको