प्रदेश १ को सांसदलाई नेकपाको ह्वीप : नाम ‘कोशी’, केन्द्र ‘विराटनगर’

वैशाख २०, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृत्व प्रदेश नम्बर एकको ‘कोशी’ र केन्द्र ‘विराटनगर’ राख्ने तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मौखिक निर्देशनपछि नेकपाको प्रदेश नम्बर एकको नेतृत्व र संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई नाम कोशी र केन्द्र विराटगरको पक्षमा उभ्याउनका लागि अन्तिम छलफलमा जुटेका छन् ।

प्रदेशको नाम कोशी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग छ । किरात कुनै जाति नभए सभ्यता भएको भन्दै सत्तारुढ नेकपाका अधिकांस सांसदहरु पनि किरातको पक्षमा उभिएका छन् ।

किरातसँग कोशी अथवा सगरमाथा जोडेर बहुपहिचानमा आर्धातिर नाम राख्ने अभियानमा नेकपा निकट बहुमत सांसदहरु लागेका छन् । करात अथवा किरातमा कुनै नाम जोडेर बनाइए पहिचानको मुद्दा उठाएर जन्मिएको पार्टीहरुको मुद्दा सकिने भन्दै किरातमा उनीहरुले जोड दिएका छन् ।

तर, प्रधानमन्त्री ओलीले प्रदेश नम्बर एकको प्रदेशको राजधानीको नाम कोशी राख्न मौखिक निर्देशन दिएका छन् । सगरमाथा देशकै पहिचानसँग जोडिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कोशी उपयुक्त हुने मनसाय प्रकट गरेकी स्रोतको दाबी छ।

माथिको निर्देशनपछि मुख्यमन्त्री शेरधन राई, इञ्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिव सुरेश राईले सांसदहरुलाई केन्द्र विराटनगर र नाम कोशीको पक्षमा नेकपा रहेको आन्तरिक सर्कुलर गरेका छन् ।

उनीहरुले माथिको निर्देशन अनुसार आफ्ना संसदहरुलाई मनाउने प्रयास गरीरहेका छन् । स्रोतका अनुसार उनीहरुले किरातको पक्षमा उभिएका सांसदलाई ‘वान टु वान’ कुरा गरेर माथिको निर्देशन बारेमा जानकारी दिइरहेका छन् । एक सांसदले भने,‘सबैलाई वान टु वान कुरा गरेर कोशी र विराटनगरको पक्षमा सहमति जुटाउने प्रयासमा उहाँहरु हुनुहुन्छ ।’

प्रदेश १ का ९३ सांसदमध्ये नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक/एक सांसद छन् ।

नेकपाभित्र सर्बसम्मत नभए तत्कालका लागि प्रदेश नम्बर एक नै राख्नका लागि पनि लबिङ भइरहेको बताइन्छ ।

राजधानीका लागि अस्थायी केन्द्र विराटनगरसँगै सुनसरीको इटहरी, सुनसरीकै धरान धरान, मोरङकै गोठगाउँ र धनकुटाको चर्चा छ ।

स्रोतका अनुसार मुख्यमन्त्री शेरधन राई कुनै एउटा शहरलाई मात्रै राजधानी नबनाएर कार्यालय तथा मन्त्रालयहरु विकेन्द्रित गर्ने योजनामा छन् । तर मुख्य केन्द्र भने विराटनगर नै हुनेछ । धरान, इटहरी र विराटनगरमा मन्त्रालयहरु विकेन्द्रित गर्ने योजनामा उनी छन् ।

महत्वपूर्ण मन्त्रालयको कार्यालय विराटनगरमा राखेर सकेसम्म इटहरिमा मुख्यमन्त्रीको कार्यालय बनाउने उनको योजना छ । संसद भवन भने धरानमा राख्ने उनको योजना रहेको बताइन्छ । विराटनगर असाध्यै गर्मी हुने भएकोले गर्मी मौसममा धनकुटामा मुकाम बनाउने मुख्यमन्त्री राईको योजना छ ।

२० बैशाख २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको