ओप्पोले ओप्पो एफ ११ र एफ ११ प्रो फोन सार्वजनिक गर्दे


चैत २०, काठमाडौं। नेपालमा ओप्पोले ओप्पो एफ ११ र एफ ११ प्रो स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। दुबै फोनमा ४८ मेगापिक्सेल क्यामेरा रहेको छ।

यि फोनमा अपरेटिङ सिस्टम एन्ड्रोइड ९ पाईको प्रयोग गरिएको छ। दुबैमा १६ मेगापिक्सेलको सेल्फि क्यामेरा सँगै ४००० एमएचको ब्याट्रि रहेको छ। यो स्मार्टफोनमा ६ र ४ जिबी र्याम रहेको छ। यसमा १२८ र ६४ जिबी इन्टरनल स्टोरेज रहेको छ।

दुबै फोनमा अक्टा कोर मिडिया टेक हेलिओ पि ७० प्रोसेसर प्रयोग गरेको छ। ओप्पोले यसमा भोक चार्जिङ प्रविधि पनि राखेको छ। फेस अनलक र फिङगरप्रिन्टको पनि सुविधा छ।

२० चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको