ब्यवसायी सुधिर बस्नेत पक्राउ


चैत २०, काठमाडौँ । विवादास्पद घरजग्गा ब्यवसायी सुधिर बस्नेत बुधबार साँझ आफ्नै घरबाट पक्राउ परेका छन् ।

सरकारले गठन गरेकाे छानबिन समितीकाे निर्देशनपछि बस्नेत पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडाैंले बस्नेतलाई भिमसेनगाेलास्थित घरबाट पक्राउ गरेकाे हाे।

काठमाडाैं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई केही समयअघि पक्राउ गरेकाे पुष्टि गरे।

समस्याग्रस्त सहकारी समितीकाे प्रतिवेदनका आधारमा १४ कराेड ठगी गरेकाे प्रतिवेदन सरकारले बुझाएपछि कारबाही सुरू भएकाे एसएसपी लामाले बताए । उनका अनुसार बस्नेतलाई सहकारी ठगी र संगठित अपराधमा कारबाही अघि बढनेछ ।

२० चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको