विप्लव नेकपाका कार्यकर्ता साधारण तारिखमा रिहा


चैत २०, नुवाकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको एक कार्यकर्ता एक महिनापछि रिहा भएका छन्।

फागुन २५ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका ६ बाट पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ घर भएका १८ वर्षीय विष्णु भण्डारी बुधबार साधारण तारिखमा रिहा भएका हुन् ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले भण्डारीसँग ९ हजार पाँच सय रुपैयाँ धरौटी लिएर साधारण तारिखमा रिहा भएको मुद्दा शाखाका प्रमुख निलकुमार भुषालले जानकारी दिए।

सार्वजनिक स्थलमा ‘वाल पेन्टिङ’ गरिरहेको क्रममा भण्डारी पक्राउ परेका थिए । रिहा भएका भण्डारी विप्लवको सामान्य समर्थक मात्र रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कृष्णबहादुर मल्लीमगरले जानकारी दिए ।

भण्डारीको पहिलो तारिख २०७६ साल वैशाख २० गते तोकिएको छ ।

२० चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको