चैत २०, काठमाडौं । वैदेशिक रोजगारीका लागि वर्किङ भन्दै भिजिट भिसामा मान्छे पठाएको अरोपमा कम्पास रिक्रुटमेन्ट म्यानपावरका कर्मचारी विमला थापालाई प्रहरीले पक्राऊ गरेको छ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने व्यक्तिलाई वर्किङ भिसामा पठाउने भनेर झुक्याएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न भएको खुलेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।
यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले रोकेको थियो ।
त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको खुलेको थियो । त्यसैले ठगी कसुर अन्तरगत जाहेरी लिएर प्रहरीले अनुसन्धान थालेको थियो । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।
कम्पास रिक्रुटमेन्ट म्यानपावर कम्पनीका सञ्चालक गिरिराज घिमिरे भने फरार भएका छन् । फरार घिमिरेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस