चैत २०, डोटी । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको बिनासकारी हावाहुरीबाट पीडीत भएकाहरुको लागि दिपायलमा राहत संकलन गरिएको छ । च्याम्बर अफ कमर्सले मंगलबार राहत संकलन गरेको हो ।
राहतबाट ३२ हजार ३ सय ७७ रुपैया संकलन भएको च्याम्बर अफ कमर्सका महासचिब केसर कठायतले जानकारी दिए । कमर्सको टोलीले पिपल्ला बजारमा राहत संकलन गरेको थियो ।
एउटा नेपाली पीडामा पर्दा अरु नेपाली खुसी हुन नसक्ने बताउदै च्याम्बरका अध्यक्ष केबी साउदले थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले राहत संकलन गरेको बताए ।
उनले प्रमुख जिल्ला अधिकारी मार्फत पीडीतहरुलाई राहत हस्तान्तरण गरिने जानकारी दिए । हावाहुरी चल्दा ३० जनाको ज्यान गएको छ भने संयौं परिवार घरबारबिहीन भएका छन् ।
प्रतिक्रिया दिनुहोस