धनी र गरिबबीचको खाडल हटाउने योजना बनाऔँ: प्रचण्ड


चैत २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५औँ पञ्चवर्षीय योजनाले धनी र गरिबबीचको खाडल पुर्नुपर्ने बताएका छन्।

आजबाट संघीय राजधानीको होटल सोल्टीमा सुरु भएको राष्ट्रिय विकास परिषद् बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री दाहालले बैठकमा बोल्दै धनी र गरिबबीचको खाडल हटाउने गरी योजना बनाउन सरकारलाई सुझाव दिएका हुन्।

अध्यक्ष दाहालले सरकारका आगामी बजेट, योजना र कार्यक्रम समाजमा रहेका सबै प्रकारको विभेद अन्त्य गर्ने खालको हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।

परिषद बैठकमा प्रस्तुत २५ वर्षे दीर्घकालीन सोचसहितको १५औं योजनाको आधार पत्रको मस्यौदामाथिको छलफलमा भाग लिँदै उनले जनताले महसुस गर्ने गरी सुशासनमा जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

अध्यक्ष दाहालले रोजगारी सृजनाका लागि शिक्षा नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। पढेको जनशक्ति विदेश पलायत हुने क्रम रोक्न पनि सरकारले त्यसका लागि आवश्यक योजना बनाउनुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

अध्यक्ष दाहालले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना हुने खालको शैक्षिक नीति तय गर्न पनि सरकालाई आग्रह गरे। उनले कृषिमा आधारित उद्योग स्थापना गरेर रोजगारीको अवसर सृजना गर्नुपर्ने पनि बताए।

२० चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको