सल्यानको चाख्लिघाटदेखि रुकुम चौरजाहरी जोड्ने सडक हिलेसम्म पुग्यो


चैत २०, सल्यान । राप्ती राजमार्गमा पर्ने सल्यानको चाख्लिघाटबाट रुमुकको चौरजाहरी जोड्ने सडक कुमाख गाउँपालिकाको हिलेसम्म पुगेको छ ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १ करोड २२ लाख ३५ हजारको लागतमा हिलेसम्म सडकको ट्रयाक खोलिएको हो । हिलेसम्म सडक खुलेसँगै पहिलोपटक मंलगबार त्यहाँ गाडी पुगेको छ । याे सडक चाख्लीघाट, कुमाख, जिमाली हिले, त्रीबेणी, रागेचाैर हुँदै रुकुमको चौहरजहारी पुग्ने डिपिआर भएकाे छ ।

सल्यान रुकुम यातायात ब्यवसायी समितिको रा १ ख ८१४ नम्बरको बस पहिलो पटक चाख्लिघाटबाट पुगेपछि स्थानीयले फुलमाला लगाएर गाडीलाई स्वागत गरेका थिए भने उद्घाटन संघिय सांसद टेक बहादुर बस्नेतले गरेका थिए ।

उद्घाट कार्यक्रममा बोल्दै सांसद बस्नेतले जुनसुकै विकास निर्माणका कार्यहरू जनता संग जोडिनु पर्ने बताएका छन् । उनले सल्यान जिल्लाको धार्मिक तथा पर्यटकीय सम्पदाको रुपमा रहेको कुमाख लेखको भविष्यलाई सो बाटोले समृद्धिमा लिने बताए ।

उनले उक्त बाटोको स्तरवृद्धिका लागी सम्बन्धित गाउँपालिकाले पहल गरे आफ्नो कार्यकाल भित्र दुई लाईन बाटो निर्माण संघिय बजेटबाट गर्ने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समिती सल्यानका प्रमुख केशबहादुर बिष्टले राजनैतिक भागबन्डाका कारण विकासको गतिले तिब्रता नपाएको बताए ।

उनले जिल्लाको विकासका लागी सबै एक भएर लाग्न आवश्यक रहेको बताए । याे सडकमा थप बजेट गरेर हिलेदेखि चाैरजाहरी तिरकाे रुढ खनिने उनले बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरिबहादुर बुढाथोकी, बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी, कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्लीराज शर्मा, शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले, उपाध्यक्ष पुस्पा बोहरा, प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने लगाएतले मन्तव्य राखेका थिए ।

२० चैत्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको