चैत २०, दाङ । दाङमा भिरबाट लडेर एक बृद्दा गम्भीर घाइते भएकी छन् ।
फाइल तस्बिर
राजपुर गाउपालिका ५ महतिनिया खोला बस्ने ६५ वर्षिय जुनमाया रोका भिरवाट लडेर गम्भिर घाईते भएकी हुन् ।
छोरीसंग बस्दै आएकी रोका चैत्र १८ गते राती शौच गर्न वाहिर निस्कने क्रममा घरसंगै सटेको भिरवाट लडेर गम्भिर घाईते भएको पारिवारिक स्रोतले जनाएको छ ।
घाईते रोका चैत्र १९ गते विहान छिमेकीले रोईरहेको सुनेपछि उद्धार गरि लमही स्थित फ्लोरेन्स अस्पतालमा पुर्याइएका थिए ।
थप उपचारका लागि नेपालगंज, कोहलपुर पुर्याएपनि त्यहा सम्भव नहुने भएपछिे काठमाडौको बाँसवारी स्थित न्यूरो अस्पतालमा रेफर गरिएको अस्पताल सोतले जनाएको छ । उनलाई काठमाडौँ आजै पुर्याइएको घाइते रोकाकी बुहारी सिमा रोकाले जानकारी दिएकी छन् ।
प्रतिक्रिया दिनुहोस