बिप्लव माओबादीको अभियान गाउँ-गाउँमा


फाल्गुन १९, काठमाडौ । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संगठन सुदृढ तथा विस्तार अभियान –२ देशेैभर निरन्तर चलाई रहेको छ।

मेचीदेखि महाकालीसम्म र विशेषगरी मध्य पहाडी क्षेत्र केन्द्रीत अभियान निरन्तर जारी रहेको छ ।

कालिकोट, अछाम, दैलेख, सल्यान, रकुम, कैलाली, कञ्चनपुर, दाङ र पूर्व मेची लगायतका विभिन्न ठाउँमा संगठन सुदृढ तथा विस्तार अभियान २ र पार्टी धुव्रीकरण अभियान चलाइरहेको छ ।

नेकपाले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कर्णालीमा पनि भव्य रूपमा चलिरहेको छ । अभियानको करिब दुई महिनाको अवधिमा जिल्लाको विभिन्न ठाउँमा एक सय बढी संगठन बिस्तार गर्ने क्रममा आइतबार जिल्लाकाे पचालझरना गाउँपालिकाकाे नुवाघरमा जनसभा सम्पन्न भएको छ ।

जिल्लाका सेक्रेटरी रणदीप ऐडि लगाएतको अभियान टोलि गाउँगाउँमा पुगी व्यापक भेटघाट छलफल र विभिन्न कार्यक्रमहरु गर्दै निरन्तर रुपमा अभियानलाई तिब्रता दिईरहेकाे जिल्ला सेक्रेटरी एडिले जानकारी दिए ।

१९ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको