बिप्लवको मोर्चा मलेसियाले आफ्नो संगठन बिस्तार तिब्र पार्दै


फाल्गुन १९, मलेसिया । नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ निकट जनप्रगतिसिल मोर्चा मलेसियाले आफ्नो क्षेत्रीय संगठन बिस्तार गरेको छ । मलेसियाको सेलङगर राज्यमा क्षेत्रीय संगठन बिस्तार गरिएको संगठनका महासचिव सन्दिपले जनाएका छन् ।

हुकुम क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्माण भएको छ । संगठनको उपाध्यक्षमा कमल थापा, महासचिवमा नारायण खत्री, कोषाध्यक्षमा श्याम बहादुर लामा र सदस्याहरु सन्जय कुमार महत्तो, बिनय राम पुरि, चन्द्र थापा मगर, कृष्ण श्रेष्ठ, भोला उप्रेती, सिजल तमु, बैँस बाहादुर चौधरी रहेको मोर्चाले जनाएको छ ।

मलेसिया पार्टी सेक्रेटरी महेश ओली, मोर्चाका अध्यक्ष विजय लामा र उपाध्यक्ष तुफान लगायतको उपस्थितिमा संगठन निर्माण भएको थियो ।

स्थापना कालदेखि नै प्रबासमा रहेका मजदुरहरुको हकहितका लागि निरन्तर संघर्ष गर्दै मोर्चाले आफ्नो संगठन बिस्तार र सुदृढीकरण अभियानलाई तिब्रता दिइरहेको छ ।

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको