फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु


फागुन १९, पोखरा । फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।

सारङकोटबाट उडेका राेमानीयाका नागरिक ४२ वर्षीया एड सिजरकाे फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ । मृतक सिजरले ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको