दाङमा ट्याक्टरको ट्रालीबाट खसेर एकजनाको मृत्यु


फागुन १९, दाङ । दाङमा ट्याक्टरको ट्रालीबाट खस्दा एक व्यक्तिको मृत्यु भएको छ ।

फाइल तस्बिर 

जिल्लाको तुलसीपुरबाट फुलवारी तर्फ जाँदै गरेको रा १ त ३६३३ नम्बरको ट्याक्टरको ट्रालिमा सवार तुलसीपुर ८ अस्वारा निवासी २६ बर्षीय जीतबहादुर चौाधरीको शनिबार राती ८ बजे तुलसीपुर १३ बराखुट्टीमा खस्दा घटना स्थलमै मृत्यु भएको हो । उनि सोही ट्याक्टरका सहचालक भएको प्रहरीले बताएको छ ।

चौाधरीको ट्रालीबाट खसी टायरले च्याप्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । उनका शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर राखिएको छ ।

१९ फाल्गुन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको