सिन्धुपाल्चोकबाट विप्लव नेकपाका १७ नेता-कार्यकर्ता पक्राउ


फागुन १९, काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ले  नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका १७ जना नेता कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ ।

सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा रहेको नेकपाको अभियान टोलीलाई प्रहरीले शुक्रवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको कार्कीटारबाट पक्राउ गरेको हो ।

अभियान टोली बसेको स्थानलाई घेरा हाली राती पक्राउ गरिएको नेकपाले जनाएको छ । राजनैतिक अभियानमा हिडिरहेका अभियान टोलीलाई पक्राउ गर्नुको कारण केही नभएपनि माथिको आदेश भएको कारण पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य रञ्जित ठकुरी, धनबहादुर श्रेष्ठ, पूर्ण मल्ल ठकुरी, मेलम तामाङ, समीर तामाङ लगायत रहेका छन् ।

शान्तिपूर्ण राजनैतिक गतिविधिमा लागेका आफ्नो पार्टीका नेता(कार्यकर्ताहरुलाई पक्राउ गरेर सरकार युद्ध चाहेको भन्दै नेकपाले गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता(कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ ।

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको