तीन बिगाहा बाह्र कठ्ठा जग्गा नेकपाद्धारा कब्जा


इटहरी, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीले सुनसरीको बर्जुमा रहेको तीन बिगाहा बाह्र कठ्ठा जग्गा कब्जा गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेका ज्योति प्रसाईको तीन बिगाहा बाह्र कठा खेतीयोग्य जमिन जालझेल गरेर सुनसरी बर्जु बस्ने जग्गा दलाल लिलबहादुर नेपालले एकपैसा नदिई आफ्नो मातहतमालिई चक्लाबन्दी गरि बिक्री गर्न खोजेपछि नेकपा कोशी ब्युरोले कब्जा गरेको हो ।

नेकपा सुनसरी जिल्ला पार्टीले पटकपटक उक्त जग्गा सम्बन्धित ब्याक्तिलाई नै फिर्ता गर्न आग्रह गर्दा समेत नेपालले अटेर गर्दै आएका थिए । नेपालले अटेर गरेपछि उक्त जग्गा यसअघि नै कब्जा गरेका थियो ।

उक्त जग्गा ज्योती प्रसाईंलाई फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरि फेरि बेचबिखन गर्न लागेको गुनासो ब्युरो पार्टीमा पुगेपछि ब्युरो पार्टीले पुनः कब्जा गरेको खबर प्राप्त भएको छ । जग्गामा झण्डा गाडेर कब्जा गरेको हो । उक्त जग्गा बेचबिखन गर्न खोजीए कडा कार्वाहि गर्ने चेतावनी समेत नेकपाले दिएको छ ।

२०७५ फाल्गुन १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको