आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै सल्यानमा एक पुरुषको हत्या


माघ २०, सल्यान । बिवाहमा निम्ता दिन गएका आफन्तको हत्या गर्ने शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ टाकुराका सालीक राम चलाउने लाई आइतबार प्रहरीले अदालतमा पेस गरेको छ ।

यही माघ ४ गते चलाउनेले बिवाहको निम्ता दिन गएका बेला सोही ठाउँ सालघारी निबासी ४२ बािर्षय एभान बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतिसँग अनैतिक सम्बन्ध रहेको शंका गरी बोहराको टाउकोमा हतौडा प्रहार गरी हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

छोराको विवाहको निमनत्रणा दिन गएको बेला आफनी श्रीमति सोल्टीना नाता पर्ने सँग कुराकानी गर्दै रोटी खाईरहेको बेला बिगद लामो समय देखि अनैतिक सम्बन्ध रहेकाले शंकाको भरमा हतौडा प्रहार गरी हत्या गरेको प्रहरी समक्ष चलाउनेले स्वीकार गरेको प्रहरी प्रमुख डिएसपि बिरेन्द्र बहादुर शाहीले जानकारी दिए ।

उनी घटना लगतै फरार भै कुमाख लेख टावर मुनिको जगंलमा लुकीछिपि भागिरहेको अबस्थामा ८ घण्टा पछि प्रक्राउ गरेको थियो ।

२० माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको