मलेसियामा एकजुट हुँदै विप्लवका कार्यकर्ता, जोहोरमा क्षेत्रीय समिती गठन


समर्पण भट्टराई/माघ २०, मलेसिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रवास ब्यूरो अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाको सक्रियतामा क्षेत्रीय समिती गठन भएको छ । आज मलेसियाको जोहोर बारुमा प्रगतिशील तथा क्रान्तिकारी युवाहरुको भेलाद्वारा समिति गठन भएको हो ।

उक्त भेलाद्वारा सैलेश यादवको अध्यक्षतामा १४ सदस्य क्षेत्रीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा नैन बहादुर बुढा र गोपाल पोर्तेल, महासचिवमा कैलाश कार्की, प्रवक्तामा शिव ढकाल, कोषाध्यक्षमा प्रेम बहादुर साही नियुक्त भएका छन ।

त्यसैगरी सदस्यहरु प्रेम बहादुर गुरुङ, रुपलाल रोकाय, प्रेम बहादुर साउद, असोक कुमार दास, भरत ओलि, सन्तोष फुल्लेल, जगत चौधरी, भिम मगर निर्वाचित भएका छन । कार्यक्रम भब्य र उल्लास पुर्ण तरिकाले सप्पन्न भएको नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले जनाएको छ ।

मोर्चाका महासचिव सन्देशले नव पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले दलाल राज्य सत्ताको विरुद्ध प्रवासबाट सम्पुर्ण प्रगतिशील क्रान्तिकारी युवाहरु यसरी नै एकजुट भएर जानुपर्ने मजदुरहरुको समस्या समाधानको निम्ति हामी जुनसुकै अवस्था पनि सक्रिय भएर लागि पर्ने बताए ।

मोर्चाका पुर्व महासचिव अर्जुन सुवेदीले नव गठित समितिका सम्पुर्ण पदाधिकारीहरु लाई बधाई दिदै सम्पुर्ण क्रान्तिकारी एक जुट भएर अगाडि बढनु पर्ने बताए ।

मलेसियाको मोर्चाले आउदो फेब्रुअरी ६ तारीखमा जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । मोर्चाका पदाधिकारीहरुको आजै बसेको बैठकले जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको मलेशिया पार्टी संयोजक महेश कुमार ओलिले जानकारी दिए ।

जनयुद्ध दिवसकै दिन नवनिर्वाचित टिमलाई सम्मानका साथै अनुमोदन गर्ने मोर्चाका अध्यक्ष विस्फोटले बताए ।

 

 

२० माघ २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको