दाङमा १६ बर्षीय युवती चार दिनदेखि बेपत्ता


पुस १९, घोराही । घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् ।

घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ ।

बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा निवेदनसमेत दर्ता गराउनुभएको छ । किशोरी बेपत्ता हुँदा परिवार तनावमा छन् ।

यस्तै तुसीपुर–१० की सुशीला खड्का पनि गत कात्तिक २७ गतेदेखि परिवारको सम्पर्कमा नआएको भन्दै आमा पीमा वलीले प्रहरीमा जाहेरी गर्नुभएको छ । उहाँले पनि लामो समयसम्म छोरी सम्पर्कमा नआएपछि खोजी गरिदिनका लागि एक विज्ञप्ति जारी गर्नुभएको छ ।

२०७५ पुष १९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको