सल्यानमा अचेत अबस्थामा फेला परेका एक युवकको मृत्यु, उनको पहिचान हुन सकेन


पुष १९, सल्यान । सल्यानमा अचेत अबस्थामा फेला परेका एक अपरिचित व्यक्तीको मृत्यु भएको छ । सल्यानको शारदा नगरपालिका १२ स्थित धारखानी जंगलमा पुस १५ गते अचेत अबस्थामा फेला परेका अन्दाजी २६ बर्षका नाम नखुलेका पुरुषको उपचारका क्रममा जिल्ला अस्थताल सल्यानमा मृत्यु भएको हो ।

उनको पुस १७ दिउँसो मृत्यु भएपनि अहिले सम्म आफन्त कोहि नआएको र पत्ता लगाउन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतकको शबलाई जिल्ला अस्पताल सल्यानको शब गृहमा राखिएको प्रहरीले जनाएको छ । याे समाचारमा प्रकाशित फोटोको आधारमा मृतकलाई चिन्ने जो कोहिले पनि खबर गर्न प्रहरीले आग्रह गरेको छ । चिनेको खण्डमा जिल्ला प्रहरी कार्यालय सल्यान सम्पर्क नम्बर ९८५७८९००७७ मा सम्पर्क राख्न प्रहरीले आग्रह गरेको छ ।

जंगलमा वेवारिसे अवस्थामा भेटिएका ति युवक बोल्न नसक्ने र घाईते अबस्थामा थिए । सो अबस्थामा उनलाई स्थानीयले देखेपछि जिल्ला अस्पताल सल्यानमा पुर्याएका हुन् ।

१९ पुष २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको