सरकारी कार्यालयमा एउटै नम्बरप्लेटका तीन गाडी


पुस १९, बारा । एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला ।

यो खबर आजको नयाँ पत्रिकामा छ । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् ।

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् ।

कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बतायो ।

प्रहरीबाटै बरामद भएको थियो कार

राजश्वका कर्मचारीले एउटै नम्बर प्रयोग गरेर चढ्ने गरेको तीनवटा कारमध्ये एउटा गत १३ भदौमा प्रहरीबाटै बरामद गरिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर बीरगञ्जबाट चितवनतर्फ लगिरहेका बेला राजश्व अनुसन्धान कार्यालय, पथलैयाको चेकपोस्टबाट बरामद भएको थियो ।

युपी १३ बीबी ७२६० नम्बरको सुकुकी ब्रिजा कार राजस्वले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, राजश्व अनुसन्धानका कर्मचारीले नियमानुसार लिलाम नगरी जथाभावी नम्बर राखेर चढिरहेका छन् । बुधबार बिहान र अपराह्न फरक–फरक नम्बर प्रयोग गरिएको पनि सोही ब्रिजा कारमा हो ।

२०७५ पुष १९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको