काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध


पुस १९, काठमाडौँ । काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो ।

महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानुनअनुसार कारबाही गरिनेछ ।

२०७५ पुष १९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको