एयरबस प्रकरणमा प्रधानमन्त्री: रौँ–चिरा केलाइन्छ, पहरो गर्जिए गर्जियोस्


पुस १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबीन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै भएन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबीन हुन्छ ।’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले नयाँ पत्रिकासँग भने । ‘लहरो तान्दा पहरो गर्जिए गर्जियोस्, सरकार त्यसरी छानबिन गरेर जो–जो दोषी ठहरिन्छन्, उनीहरूलाई कडा कारबाही गर्ने पक्षमा उहाँ हुनुहुन्छ ।’

२०७५ पुष १९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको