साग पुरुष फुटबल: बंगलादेशमाथि भुटानको जित


मङ्सिर १६, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा भुटानले बंगलादेशलाई पराजित गरेको छ ।

कप्तान चेन्चो ग्याल्सेनले ६५ औं मिनेटको गोल निर्णायक बनेपछि भुटान १-० ले विजयी सुरुवात गरेको हो ।

दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । जितसँगै भुटानले तीन अंक जोडेको छ ।

सोमबार साँझ पाँच बजे माल्दिभ्स र श्रीलंकाबीच खेल हुँदैछ । नेपालको पहिलो खेल भने मंगलबार भुटानसँग हुनेछ ।

१६ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको