मङ्सिर १६, काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् । नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् ।
यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने राजपाले ३ स्थानमा विजय हासिल गरेको छ ।
हेर्नुस निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम
प्रतिक्रिया दिनुहोस