मङ्सिर १६, कास्की । १३ औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्स विरुद्ध नेपालले १० विकेटको शानदार जित हात पारेको छ ।
पोखरामा भइरहेको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालका लागि अञ्जली चन्दले ६ विकेट लिइन् । यो सँगै चन्दको विश्व किर्तिमान कायम भएको छ । पहिलो ह्याट्रिकपनि चन्दकै नाममा कायम भएको छ । २.१ ओभर बलिङ गरेकी अञ्जलीले एक रन पनि दिइनन् र ६ विकेट लिएकि हुन्।
माल्दिभ्सले दिएको १६ रनको लक्ष्य नेपालले ५ बलमै भेट्टाएको हो । नेपालकी काजोल श्रेष्ठले नटआउट १३ रन जोडिन् ४ अतिरिक्त रन रहृयो ।
प्रतिक्रिया दिनुहोस