मंसिर १६, काठमाडौँ । नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन् ।
निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले खरिदका लागि प्रस्ताव गरेका छन् ।
निगमले सोही ३ कम्पनीसँगको समझदारीमा कर्णाली विमान बिक्री प्रक्रिया अगाडि बढाउनेछ ।
निगमले वोइङ–७५७ कर्णाली विमान खरिदका लागि ४८ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्नेका लागि प्रस्ताव आह्वान गरेको छ ।
करिब १ वर्षदेखि बिक्री गर्ने वोइङ–७५७ एसीबी विमान थन्किएर बसेको थियो । यो समाचार आजको कारोबार दैनिकमा दीपेन्द्र थापाले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस