पाँचथर: कांग्रेसको गढमा नेकपाले बिजयको झण्डा गाड्यो


मंसिर १६, फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा सत्तारुढदल नेकपाका उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् । कुरुम्बाङले ५ हजार ३६९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् ।

कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो । फाल्गुनन्द गाउँपालिकालाई कांग्रेसको गढ मानिन्थ्यो ।

उपनिर्वाचनमा समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४०, राप्रपा -संयुक्त)का मोतिप्रसाद आङदेम्बेले ७५ मत र राप्रपाका सुसुहाङ चेम्जोङले २८ मत पाएका छन् । उपनिर्वाचनमा १७९ मत बदर भएको थियो ।

१६ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको