मंसिर १६, घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मत अन्तरले हराएकी हुन् ।
ओलीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । कांग्रेस उम्मेदवार आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।
तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं ३ (ख)मा उपनिर्वाचन भएको हो । नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमार ओलीकी श्रीमती हुन ।
प्रतिक्रिया दिनुहोस