कांग्रेसको थवाङ यात्रा: चारबाट कसरि पुग्यो छब्बीस ?

थवाङमा कांग्रेस खोज्दै जाँदा !


केबी गुरुङ । थवाङ बहिस्कारवादीहरुको अखडा हो । बहिस्कारवादीहरु स्वभाबले बिद्रोही हुन्छन र बिद्रोही भनेका कम्युनिष्टहरु हुन् । त्यसकारण थवाङ खास कम्युनिष्टहरुको अखडा हो ।

एक बेला थियो, कांग्रेसीहरुका लागि अर्कै ग्रहको चन्द्रमा जस्तै लाग्ने ‘थवाङ’ । थवाङमा कांग्रेसहरुले राजगर्ने कुरा यो जुनीमा सोच्ने कुरै भएन, बरु चन्द्रमामा पाइलो टेक्ने दुस्सास गरे जस्तै, कांग्रेसीहरुले थवाङ टेक्न दुस्साहस गर्नु पर्थ्यो ।

२०४८ साल यता थवाङबाट कांग्रेसलाई ४ भोट भन्दा धेरै कहिलै खसेन । त्यो पनि लुकिछिपी हालिएका चोरी भोट थिए । २०५४ को निर्बाचनमा सिंगो थवाङले चुनाव बहिस्कार गर्दा लिवाङबाट हेलिकप्टरमा थवाङ पुगेर ४ वटा भोट खसेको इतिहास  छ ।

तर यसपाली कांग्रेसले ४ भोटमा टेकेर २६ भोट ल्याएको छ । यसले कांग्रेसलाई चुनाव जितेको भन्दा ठुलो खुसि मिलेको छ ।

थवाङमा कांग्रेस खोज्दै जाँदा..!

गुरिल्ला युद्द बिश्राम गरेर रोल्पा शान्ति प्रक्रियामा जाँदै थियो तर कांग्रेसीहरुलाई थवाङ्ग पस्ने हिम्मत थिएन । संविधानसभाको निर्वाचन २०६४ मा रोल्पाको क्षेत्र नम्बर १ बाट चितवनका पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार दिए । रोल्पाको दुइनम्बर क्षेत्रमा कांग्रेसको तर्फबाट भिम कुमारी बुढाले उम्मेदवार दिइन ।

थवाङमा कांग्रेसको मत शुन्य थियो । कांग्रेसहरु थवाङ पस्ने हिम्मत कसैले गरेनन । २०६४ को संविधानसभाको चुनाव ताका रोल्पाका कांग्रेस सभापति अम्मर पुनले थवाङ जाने दुस्साहस गरे ।

थवाङ जानु पुर्व उनले थवाङमा कांग्रेसको बिरासत कोट्याए । कांग्रेसको नालीबेली हेर्दै जाँदा २००७ सालमा थवाङबाट एकजना मुक्ति सेना भएको घाईघुई थाहा पाए । उ बेलाको मुक्ति सेना ‘मनजित रोका’ हुन् भन्ने चाल पनि पाए । मुक्ति सेना भनेको कांग्रेसले निर्माण गरेको सेना हो ।

उनै मनजित रोकाको परिवारलाई खोज्दै जाँदा उनको स-परिवार अन्तै बिस्थापित भैसकेका थिए, सांसद अमर पुन सुनाउछन ‘बहुदल आउदै गर्दा उनीहरुको गुनासो थियो रे, ‘कांग्रेसले आफ्ना मान्छेलाई खोजेन र संरक्षण पनि गर्न सकेन ।’ राजनीतिक संरक्षण नपाएपछि कांग्रेस परिवार नै थवाङबाट बिस्थापित भईसकेको रहेछ।’

बहुदलको आगमन संगै थवाङबाट कांग्रेसीहरु बिस्थापित भएको र कांग्रेसले पनि थवाङमा संगठन निर्माण गर्दै आफ्ना मान्छेहरुलाइ संरक्षण गर्न नसकेको अमर पुनले सुनाए । उनले भने, ‘उतिबेलै ति परिवारलाई खोजेको भए, थवाङमा कांग्रेसीहरु हुन्थे, कांग्रेसको संगठन हुन्थ्यो, पार्टीले पनि नखोज्दा सबै बिस्थापित भए र इतिहासमा यसरि ४ भोटमा सिमित हुनुपर्ने थिएन ।’

त्यसपछि अम्मर कांग्रेसलाई नभेटेर फर्किए ।

स्थानीय तह निर्वाचन २०७४ मा थवाङमा कांग्रेसको उम्मेद्वार थिएन । स्वतन्त्र उम्मेदवार संग साझेदारी गरेको थियो, साझेदारी भनिएपनि खासमा कांग्रेका लागि एक मत पनि थिएनन ।

यसपालीको उपनिर्वाचनको चुनावमा भने कलम बहादुर रोका मगरले वडा नम्बर १ को वडाध्यक्षमा उम्मेद्वारी दिए । उनले कांग्रेसले २६ मत प्राप्त गरे ।

सत्तारुढदल नेकपाका उम्मेदवार जनक बहादुर बुढा मगरले १७४ मत प्राप्त गरे । ९ मत बदर भएको थियो । १ हजार २ सय ७४ मतदाता रहेको वडामा २ सय ९ मात्र मत खसेको थियो ।

आफुले पाएको २६ मतले कांग्रेसी नेतालाई नै आश्चार्य बनाएको छ । रोल्पाका सांसद अम्मर पुन भन्छन, जनताले परिवर्तन चाहेछन क्यारे, थवाङमा नसोचेको भोट हामीलाई आयो । यसले कांग्रेसलाई खुसि दिएको छ ।

कम्युनिष्टहरु विभाजन हुँदा कांग्रेसले खेल्ने अवसर प्राप्त गर्यो । कांग्रेसको शुन्य मत रहेको थवाङमा यसपाली २६ मत पायो । यो कांग्रेसका लागी शुभ संकेत हो ।

चित्त दुखाएको थवाङ 

कांग्रेसको थवाङ यात्रा बिगतको भन्दा फराकिलो देखियो । यो कसरि सम्भब भयो भन्ने कुरा आन्तरिक बिषय होला तर यसले के जनाउ दिन्छ भने थवाङ अझै राज्य सत्तासंग चित्त दुखाएको छ । नयाँ नेता र नयाँ सत्तासंग थवाङबासीहरु अझै पनि सन्तुष्ट रहन सकेनन । यसको प्रतिफलमा कांग्रेसको थवाङ यात्राको आयतन तन्किएको हो ।

यद्यपि थवाङ अझै कम्युनिष्टको बहुमतमा छ । त्यो भन्दा ठुलो बहुमत बहिस्कारबादीहरुको छ । बहिस्कारको धारमा उभिएको थवाङ अझै नयाँ शक्तिको खोजीमा छ भन्ने स्पष्ट संकेत दिएको छ । थवाङको असन्तुष्टिमाथि आन्तरिक प्रभाब पार्ने शक्ति नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा हो भन्नेमा दुईमत छैन । थवाङलाई बहुमत बहिस्कारको खेमामा उभ्याउन प्रतिबन्धित नेकपाको भूमिका हो ।

मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनको चुनावमा थवाङमा १६ प्रतिशत भोट मात्रै खस्नुले यो ब्यबस्था प्रतिको पुर्बाहग्रह थप ब्युतिएर आएको छ । यसले बिद्रोहलाइ अझै मलजल गरेको छ ।

थवाङबासीहरु नत सत्तासंग डराए, नत शक्तिसंग डराए, नत पन्चे सासकसंग डराए । थवाङको आफ्नै अडानलाई राजनीतिक शक्तिको रुपमा प्रयोग गर्दै प्रचण्डले बिगतमा थवाङलाई आफ्नो लालकिल्ला बनाए । तिनै प्रचण्ड यतिबेला नेपाली राजनीतिको केन्द्रमा छन् । उनको कुटनीतिमा देशको राजनीति चलिरहेको छ ।

प्रचण्डले गएको स्थानीय चुनावमा कांग्रेससंग सहकार्य गरेर चुनाव जिते । कांग्रेससंग गठबन्धनमा चितवनमा छोरी रेणु दाहाललाई जिताए । कांग्रेस संगको गठबन्धनले पार्टी बद्नाम हुने भएपछी कम्युनिष्ट एकताको आधार बनाएर प्रतिनिधि सभाको निर्बाचनमा फेरी एमालेसंग गठजोड गरे र चुनाव लडे । युद्दकालमा जे-जस्तो भएपनि शान्तिकालमा आएपछि राजनीतिमा प्रचण्डका लागि स्थायी शत्रु र मित्रु कोहि भएनन् ।

भन्नेहरुले प्रचण्डलाई पातकी राजनीति भने तर नेपालको परिवेशमा उनि यसरि नै सफल राजनीतिज्ञ कहलिए । जसको वरिपरि नेपाली राजनीति घुमिरहेको छ ।

वर्तमान राजनीतिक दुनियाँमा प्रचण्ड एक सफल राजनीतिज्ञ हुन् । उनको राजनीतिक जिबनकालमा थवाङ लालकिल्ला भएर उभियो । तर प्रचण्ड नेतृत्वको रहेको पार्टीको सरकार बिरुद्दमा थवाङ उभिएको छ । बहिस्कारबादीहरुको अखडा बनेको छ ।

देशभरीको उपनिर्वाचनको चुनाव परिणामलाई हेर्दा बिगतको चुनावमा कम्युनिष्ट गठबन्धनले जितेका आफ्ना केहि क्षेत्रहरु गुमाउन पुगेको छ । कम्युनिष्टका गढहरु कांग्रेसले खोस्दा अनुमान गर्न सकिन्छ कि, बर्तमान सरकारको कार्यप्रणाली र ब्यबहार प्रति जनता सन्तुष्टि हुने आधारमा ह्रास आएको छ । आगामी चुनावका लागि सत्तारुढ नेकपा गम्भीर बन्नुपर्ने स्थिति देखिन्छ ।

१६ मंसिर २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको