कात्तिक १६, काठमाडौं । साझा पार्टीले प्रदेशसभातर्फ दाङ क्षेत्र नं.३ (ख) मा शिवकुरमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीले प्रदेशसभातर्फ दाङ क्षेत्र नं.३ (ख) चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए।
संयोजक मिश्रका अनुसार विगत लामो समयदेखि सामाजिक अभियन्ताको रुपमा सक्रिय चौधरीले ग्रामीण विकास तथा स्वास्थ्य विषयमा स्नातकोत्तर गरेका छन्।
उम्मेदवार सिफारिस भएपछि चौधरीले आफू निर्वाचित भएमा खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्द्धन, बालबालिकाहरूलाई खेल्ने पार्कहरूको निर्माण गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन्।
तत्कालीन एमालेको तर्फबाट विजयी हुएका प्रदेश सांसद उत्तरकुमार ओलीको सडक दुर्घटनामा निधन भएपछि सो क्षेत्र रिक्त भएको थियो।
साझाले यसअघि प्रतिनिधिसभाका लागि कास्की २ मा रजनी केसी र प्रदेशसभा भक्तपुरमा सुरज प्रधानलाई उम्मेदवार घोषणा गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस