चिनियाँ ह्याकरलाई सहयोग गर्ने ३ नेपाली नागरिक पक्राउ


भदौ १६, काठमाडौं । नेपालको बैंकिङ प्रणाली ह्याक गरी एटिएमबाट पैसा लुट्ने चिनियाँ समूहलाई ‘सहयोग गर्ने’ ३ जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ठमेलस्थित डेस्को मनि एक्चेन्ज र नेपालय मनि एक्सचेन्जका सञ्चालक तथा मेनेजरले चिनियाँ ह्याकरहरुलाई सहयोग गरेको देखिएको हो ।

चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि प्रहरीले डेस्को मनि एक्चेन्जका सञ्चालक वेदनाथ लामिछाने तथा नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालयका प्रबन्धक (मेनेजर) रेवती दवाडी पक्राउ परेका छन् ।

बैंक ह्याकिङ प्रकरणको अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले चिनियाँ ह्याकरलाई सहयोग गरेको देखिएपछि ३ जनालाई पक्राउ गरिएको बताए ।

‘उनीहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ सटही गरेर चिनियाँ नागरिकलाई विदेशी मुद्रा दिएको देखिन्छ,’ डिएसपी बोगटीले खबरहबसँग भने ।

मनि एक्सचेन्जमा भएको सीसीटिभी क्यामेरा र अन्य ठाउँको क्यामेराबाट पनि चिनियाँ नागरिकहरु पैसा साट्नका लागि त्यहाँ पुगेको देखिएको बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीका अनुसार बैंकिङ प्रणाली ह्याक गरेर एटिएमबाट पैसा निकालेका चिनियाँहरुले यी दुई मनि एक्सचेन्जबाटै पैसा सटही गरेका थिए ।

मनि एक्सचेन्जमा भएको सीसीटिभी क्यामेरा र अन्य ठाउँको क्यामेराबाट पनि चिनियाँ नागरिकहरु पैसा साट्नका लागि त्यहाँ पुगेको देखिएको बोगटीले जानकारी दिए ।

१६ भाद्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको