दिपक शाह ठकुरी । रुस र चिनमा कम्युनिष्ट ब्यबस्था स्थापना गर्न लाखौ मान्छेको नरसंहार भएको थियो। तर पनि त्यहाँ लेनिन, स्टालिन, माओ देशकै नजरमा हिरो भए।
नेपालमा माओबादी जनयुद्धको किन ठूलो आलोचना हुन्छ । त्यसबारे बुझ्न रुस र चिनका कम्युनिष्टले लडेको राष्ट्रियको लडाई र बिकास बारे बुझ्न जरुरि छ।
लेखक: दिपक शाह ठकुरी
१९३७ जब जापानीयन इम्पिरियल आर्मीले चिनमा आक्रमण गर्यो तब माओ र च्याङ्गकाइसेकले देस बचाउन आपसमा हात मिलाए, आन्तरिक रुपमा जति मतभेद दुस्मनी भएपनी पहिला चीन बचाउ भन्ने उनिहरुको साझा धारणा थियो। यद्यपि पछि १९४९ मा च्याङ्गकाइसेक भागेर सदा-सदाको लागि ताइवान गएर आफ्नो बाकी जीवन बिताए।
सन१९३९ मा जर्मन तानाशाह हिटलरको कारण दोश्रो विश्व युद्ध सुरु हुन्छ। हिटलर र स्टालीनले एक अर्कालाई आक्रमण नगर्ने सम्झौता गर्छन।
तर पछि हिटलरले सम्झौताको उलङ्घन गर्दै रसिया माथी एक्कासी आक्रमण गर्छन। तर रसियन लालसेनाले यसरी लडछ कि जर्मन सेनालाइ भगाई-भगाई मार्छन। अन्तत जर्मन सेनाले आत्मसमर्पण गर्छ र हिटलरले आफैलाई गोलि हानेर आत्महत्या गर्छन। जसको कारण लाखौ मान्छे मारेर पनि स्टालिनले देस बचायो भनेर रसियन जन्ताको नजरमा हिरो बन्छन, वाही वाही गर्छन।
यसबाट के बुझ्न सक्छौ भने क्रान्ती र परिबर्तनको लागि मान्छे जति मराए पनि राष्ट्रको लागि लडछ र बिकास गर्छ भने जन्ताले मान्ने रहेछन नि।
प्रचन्ड सान्ती प्रकृयामा आउदा जन्ताले सबकुछ भुलेर ठूलो मन बनाएर भोट दिएकै हुन। वाह वाही गरेकै हुन । दुनियामा बाहय शक्ति बिरुद्ध होस वा आन्तरिक शक्ति बिरुद्ध होस क्रान्ती पछि अब्राहम लिंकन, नेल्सन मन्डेला, माहात्मा गान्धी, जर्ज वासिङ्गटनहरु हिरो भए। उनिहरुले सुन्दर ईतिहास लेखे । उनिहरु जति नभए पनि प्रचन्ड हिरो बन्न सक्थे तर प्रचन्डले आफुलाइ हिरो बनाउने ठूलो मौका गुमाए।
भारत द्वारा लगाइएको नाकबन्दिको बिरोध गर्दा केपि वलि राष्ट्रबादी भएकै हुन, भारतलाई हाम्रो सम्मान गर अनि तिम्रो सम्मान हुन्छ भन्ने प्रचन्ड हिरो भएकै हुन । तर वलि प्रचन्डहरुले देशमाथी घात गरेका छन। उनिहरुले गरेको भारतको बिरोध चुनाब जित्ने नौटंकी थियो भन्ने साबित भएको छ।
राष्ट्रियताको लडाइ त अहिलेको साम्राज्यबादको नाइके अमेरिका र भारतले सम्म लडेका छन। अमेरिकाले ब्रीटिसको उपनिबेस बिरुद्ध ब्रीटिस बाट आउने समानहरु बहिस्कार गरेको थियो। ब्रीटिसबाट आउने समानमा निर्भर भयौ भने ब्रीटिस प्रती अमेरिकाको अधिकार जनाउछ भन्ने उनिहरुको धारणा थियो।
भारतमा १९२१ मा माहात्मा गान्धिको स्वदेसी नीती अपनाएर बिदेसी बस्तु अर्थात ब्रीटिस बाट आउने समान बहिस्कार गरेर आफुले बनाएका कपडा लगाउन थाले ।आफै नुन उत्पादन गरे। साथै ब्रीटिस शैक्षिक सस्थान, अदालत, सरकारी नोकरी , सरकार बाट पाउने सम्मान फिर्ता गरे।
तर दुखको कुरा हामिले हाम्रो सारा जग्गा जमिन बाँझो बनाएर भारत निर्भर भएका छौ। युरोपियन युनियन, साउदी, सिङ्गापुर, पाकिस्तान, भुटान, सिक्किमले सम्म भारतिय तरकारिमा रोक लगाएको छ। तर नेपालले लगाउन सक्दैन। किन भने हामी गुलाम जस्तै भएका छौ।हाम्रो राष्ट्रबादी दुई तिहाई कम्युनिष्ट सरकार भारतिय राजदुताबासको एक कल फोनमा चल्छ ।
समग्रमा हाम्रा कम्रेडहरुले मार्क्स, लेनिन, स्टालिन, माओले यस्तो भन्नू हुन्थ्यो, उस्तो गर्नु भएको थियो भनेर आफुलाई लाभहुने सबै कुरा सबै अङ्गाल्छन, चाहे त्यो माओका चार श्रीमतिको बिसय होस। चाहे क्रान्तिका दौरान भएका मानव क्षतिका बिषय होस। वतर उनिहरुले लडेका राष्ट्रियताको लडाइ, उनिहरुले गरेको बिकास, उनिहरुको साधरण जिबनसैली, अङ्गाल्न कहिल्यै सकेनन।
प्रतिक्रिया दिनुहोस