एनआरएनए कतारको महिला उपाध्यक्षमा सरिता भण्डारीको उम्मेवारी घोषणा


साउन १७, कतार । गैरआवासीय नेपाली संघ कतारको महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेलले उम्मेद्वारी दिएकि छन् । एनआरएनए एनसिसि कतारको २०१९-०२१ कार्यकालका लागि भण्डारीले आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन ।

भण्डारीले आफ्नो उम्मेद्वारी घोषणा संगै सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी बनाउने घोषणा गरेकी छन् भने श्रमिक महिला दिदिबैनीहरुको सिप तथा तालिम, महिला हिंसा न्युनिकरण, महिला सशक्तिकरणका लागि नेपाली राजदुतावास र सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्ने प्रतिबद्दता समेत जाहेर गरेकी छन् ।

श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी बनाउने उदेश्य राखेकी छन्, त्यसै गरि श्रमिक वर्गको हितको लागि स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टीको आयोजना गर्दै सचेतना जगाउने बताएकी छन् ।

सरिता भण्डारी कतारबाट समाजसेवामा सक्रिय महिला हुन । उनि मितेरी समाज कतारको सल्लाहकार समेत हुन ।

१७ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको