बाबुरामको विचारले रुपान्तरण भएको मेरो चेतनाको स्तर !


शंकर लामिछाने ।

स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधार मानेर विकास रणनीति लगायतका ४० बुदे बहुचर्चित ज्ञापपत्र माओवादीको १० बर्षे जनयुद्धको मार्गदर्शन सिद्धान्त जस्तै थियो, मुख्य मुद्दा नै “संविधानसभा बाट संविधान”अन्त्यमा पूरा भएर छड्यो। सबैलाई स्मरण छ पालुङटार बिस्तारित बैठकमा फरक ३ राजनीतिक दस्तावेज मध्य, उहीँ बाबुराम द्वारा लिखित शान्ति, संविधान र समृद्धिको दस्तावेज अन्ततः सहमतिमा पारित भएरै छाड्यो।

त्यसपछिको हेटौंडा महाअधिबेशनमा समेत, अहिले नेकपाको एक पक्षले सिरानीमा राखेको “२१ औ सताब्दिको जनवाद” नामक दस्तावेज, संविधान प्राप्ति पछिको, दिगो शान्ति, शुसासन, सदाचार सहितको बिकास र समृद्धिको दस्तावेज !

यथार्थमा प्रमाण यहि हो। यसको मस्यौदाकार समेत उनि नै बाबुराम थिए !

त्यसपछि!!

नेपाल साप्ताहिक पत्रिकामा २०७० साल फागुन २५ गते “नयाँ शक्तिको खाचो” भन्ने शीर्षकको लेख छापियो, यो लेखको सबैभन्दा कट्टर बिरोधि थिए । त्यहाँ थियो संविधानसभाबाट संविधान बनेपछि मात्रै नेपाली जनता सहि अर्थमा सार्बभौम हुन्छ्न,र लोकतान्त्रिकरणको युग पूरा हुन्छ र नयाँ युग सुरु हुन्छ, “बैकल्पिक सोच, बैकल्पिक सस्कृती,र आचरण सहित नयाँ युगको नयाँ कार्यभार “यहि दृष्टिकोण सहितको बिचार बिजारोपण हुन्दा। कम्युनिष्ट आन्दोलन भित्र पाइने सबै गाली गर्ने माओवादी साथीहरू सगै म एक पनि थिए!

तर साच्चै परिस्थिति फेरिएछ !

हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विजयी भएर आएका सबैभन्दा उन्नत लोकतान्त्रिकवादी भन्छौ, २१ औ शताब्दी/चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गर्दै गरेका हाम्रा सामु परिस्थिति फेरिएको देखिन्छ, नयाँ युगमा नयाँ विचार जन्मन सक्छन् भन्ने चिन्तन स्वाभाबिक पनि देखियो।

नेपालको परिवेशमा नागरिक समानता र स्वतन्त्रताका हक–अधिकारका साथै रोजगारीको हक, आधारभूत शिक्षा र स्वास्थ्यसम्बन्धी हक, आवास, खाद्य सम्प्रभूताको हक, उचित श्रम अभ्यासको हक र यस्ता अन्य हकहरु मौलिक हकको रुपमा संविधानमा स्थापित भएका छन्। राज्यमा महिला, दलित, जनजाति, मधेशी, अल्पसंख्यकहरुको प्रतिनिधित्वका लागि विशेष व्यवस्थाहरु गरिएका छन यी ब्यबस्थालाई पुर्णता दिन र कार्यनयनमा ल्याउन,संविधानले निर्दृष्ट गरेको समाजवादमा पुग्न जनयुद्ध र जनआन्दोलनको जगमा आर्थिक बिकास र समृद्धि हासिल गर्नुपर्छ भनेर नयाँ सोचको सङकल्प गर्ने डा. बाबुराम भट्टराई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको समृद्धिमा अर्जुनदृष्टि लगाउने एक मात्र ब्यक्ति पो रहेछ्न!

यही भएर आज राष्ट्रिय राजनीतिक मुद्दा “बिकास र समृद्धि” बनेको छ! भौतिक संसारका असंख्य सूचना मस्तिष्कमा प्रशोधन भएर विचार बन्छ र नयाँ–नयाँ विचारको विकास हुँदै जान्छन सबैलाई थाहा छ, अबको यक्ष प्रश्न ( -२+-२=-४)हुने या( -२×-२=४) कतै कसैसग जोडिने या रुपान्तरण हुने ?

मार्क्सवादी दर्शनको पुर्ण अध्यता त होइन तर मार्क्सको सबैभन्दा उत्कृष्ट बिचार सहितको “CAPITAL”( पूँजी) भन्ने पुस्तकमा लेखिएको रहेछ, “पूँजीवादले ल्याएको सबैभन्दा ठूलो समस्या भनेको पूँजीवादले मानिसलाई बिक्रीको वस्तु बनाइदियो । विचार/दर्शन पैसामा लिलामी हुने स्थिति ल्यायो” ।

हामी भित्रको अन्तर्निहित क्षमतालाई लिलामीमा बिक्रि गर्ने या ब्रह्माण्डको गतिशिलतामा समय अनुकूल रुपान्तरण र विकसित हुने ? यहि अन्तरबिरोधबाट माथि उठ्न, समय र परिस्थिति अनुसार “स्वतन्त्रता, समानता र भ्रातृत्व” मार्क्सवादी बिचारलाई आधार मानेर “बाम-लोकतान्त्रिक बिचार अगाडि ल्याउनु युगको आवश्यकता रहेछ। मार्क्सवादी दर्शन छोड्ने र लिने भन्दापनि मार्क्सको सिद्धान्तको आधारमा अधि बढ्नु नै रुपान्तरण होइन र ?” प्रत्येक ब्यक्ति सग सकारात्मकसँगै नकारात्मक पाटा हुन्छन् किनभने, हामी पशुजगतबाट विकसित हुँदै आएका हुनाले हामीमा यी गुण देख्नु स्वभाविक रहेछ। पहिले आफू बदलिने र व्यक्ति र समाजलाई बदल्ने कुरा गरौ आफू रूपान्तरण होऔँ, जुन हामीभित्र रहेको पशुवत् गुण छ, त्यसलाई अन्त्य गरौँ !

क्रान्तिकारी/अग्रगामी सोच भएको ब्यक्ति अनिवार्य रुपले ज्ञान तथा आलोचनात्मक चेतनाको उत्पादन तथा पुनरुत्पादन रुपमा लागि रहनुपर्दछ। आभारभुत रुपले सुसुचित र आलोचनात्मक चेतना भएका सकारात्मक सोच सहितको रुपान्तरणको दृष्टिकोण राख्ने ब्यक्तिहरुको सहभागिताले मात्र लोकतन्त्र अर्थपुर्ण हुन्छ। पुरानालाई नयाँले निषेध गर्छ र फेरि त्यो नयाँलाई अर्को नयाँले निषेध गर्छ, यसरी निषेधको निषेध हुँदै र समाज अगाडि बढ्छ’ समाजवादी दर्शन, परिवर्तनको परिणाम  ल्याउन, गुणात्मक रुपमा फट्को मारेर आम जनतामाझ पुर्याउन अब एउटाको विरुद्ध अर्को नभई, एउटा विकल्प अर्को भन्ने चेतना सहिको रुपान्तरण आवश्यक देखिन्छ।

सोचौं!!!

लोकतान्त्रिक प्रक्रियाबाट नेपाली समाजलाई समाजवादसम्म लैजान सकिने राजनीतिका लागि संवैधानिक ढोका खोलिदिएको छ तरपनी आँकडा र तथ्यांकले जनताको जीवन बदलिँदैन। मुलुकको राजनीतिक खिचातानीले मुलुक एक शताब्दी पछाडि परिसकेको छ। राजनीतिक मुद्धाहरु ओझेलमा पर्नासाथ अराजनीतिक मुद्धाहरु प्रवेश गर्छन्, व्यक्तिका नीजि स्वार्थ हावी हुन्छन्।

भ्रष्टाचार अनियमितता अपारदर्शी व्यबहारको मारले जनता आक्रान्त भएका छन। देशको कुनै यस्तो निकाय छैन, जहाँ प्रक्रिया र समयमा जनताको काम सजिलै होस, यो लोकतन्त्र हो । सत्ताको आलोचना हुन्छ । जनता आलोचना गर्न स्वतन्त्र छन्,आलोचना भनेको त सरकार या अन्य बिशिस्ट ब्यक्तिलाई सच्चिनु भनेर दिएको सूचना हो ।

आलोचकहरू मित्र हुन् र चाकडीबाज शत्रु । चाकडीबाज बाट सतर्क रहनै पर्छ राजनीतिप्रति पैदा भइरहेको वितृष्णा र उदासिनताका बीच भोलि एउटा तानाशाहले कु गर्दा पनि जनता सडकमा नआइदिने खतरा रहन सक्छ! सकारात्मक सोचको सङ्कल्प गरेर रुपान्तरण होऔँ, परिवर्तन सम्भब छ।

१७ श्रावण २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको