यूएईका प्रधानमन्त्रीकी श्रीमतीले छाडिन देश ‘२ बच्चा सहित २ अर्ब ७१ करोड लिएर गईन’  


असार १७, २०७६ काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) का उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख महम्मद बिन राशिद अल मकतुमकी श्रीमती हया बिन्त अल हुसेनले देश छोडेकी छिन् ।

उनी प्रधानमन्त्री मकतुमकी छैठौँ पत्नी हुन् । हयाले आफ्नो साथमा दुई बच्चा र २ अर्ब ७१ करोड (३.१ करोड पाउण्ड) लिएर गएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हया अहिले लंडनमा छिन् । उनलाई दुबईबाट बाहिर निस्कन जर्मनी दूतावासले सहयोग गरेको बताइएको छ ।

जर्मनी गएर उनले त्याहाँ राजनीतिक शरणको माग पनि गरेकी थिइन । त्यसका साथै त्यहीँबाट हयाले आफ्ना श्रीमान् मकतुमसँग सम्बन्धविच्छेदको माग पनि गरेकी थिइन् ।

हया जोर्डनका राजा अब्दुल्लाको सौतेनी बहिनी हुन् । अक्सफोर्डमा पढेकी हया २० मे पछि भने सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा देखिन छाडेकी छिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुबईका शासक मकतुमले जर्मनसँग हयालाई फिर्ता पठाउन आग्रह गरेको भए पनि जर्मन अधिकारीले त्यसलाई नकारेका थिए ।

यही कारण अहिले दुबै देशबीचको सम्बन्धमा दरार आउनसक्ने आंकलन गरिएको छ ।

यसअघि मकतुमकी छोरी राजकुमारी लतीफाले पनि देश छोडेर भाग्ने कोशिस गरेको भए पनि उनलाई भारतीय तटभन्दा टाढा समुन्द्रमा एक पानीजहाजबाट नियन्त्रणमा लिइएको थियो ।

त्यसपछि उनी देखिएकी छैनन् । उनलाई नजरबन्द गरेर राखिएको बताइएको छ । बुवाको अत्याचारका कारण आफू देशबाट बाहिर जान खोजेको त्यसबेला लतीफाले बताएकी थिईन ।

१७ असार २०७६, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको