सामाजिक सञ्जालको गलत प्रवृत्ति निस्तेज पारिन्छः प्रधानमन्त्री


बैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा देखिएको गलत पवृत्तिलाई निष्तेज पार्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक सञ्जालमा देखिएका गलत प्रवृत्तिलाई रोक्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सञ्चार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।

त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ। प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तीव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे। तर प्रविधिको दूरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्न जरुरी रहेको पनि उल्लेख गरे।

उनले केही वर्ष अघि मोवाईल चलाउन अनौठो मानिएपनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भईरहेको पनि बताए।

प्रधानमन्त्री ओलीले इन्टरनेट सेवामा सबैको पहुँच पुर्याउन सरकारले अप्टिकल फाईबर विस्तारसम्बन्धी ‘महामार्ग’ नै तयार पारेको पनि दाबी गरे।

१९ बैशाख २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको