डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढ्यो


बैशाख १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्यवृद्धि गरेको हो । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसमा भने मूल्यवृद्धि गरिएको छैन ।

उपत्यकामा अब पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा पुगेको छ भने डिजेल र मट्टितेल ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।

अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमको भनाइ छ ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।

वृद्धि भएको मूल्य शुक्रबार राती १२ बजेबाट लागू हुने निगमले जानकारी दिएको छ ।

२०७६ बैशाख १९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको