भारतले भन्यो- ‘हुरी पीडितलाई राहत सहयोग गर्न तयार छौ’


चैत १९, काठमाडौं । आइतबार बारा र पर्सा जिल्लामा हुरीले २८ जनाको ज्यान लिएको घटनाप्रति छिमेकी भारतले दु:ख व्यक्त गरेको छ ।

४ जना भारतीयको समेत मृत्यु भएको उक्त घटनाको ४८ घन्टापछि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले मृतकका परिवारप्रति समवेदना र घाइते र सम्पत्ति गुमाएका प्रति सहानुभुति व्यक्त गरेको हो ।

विदेश मन्त्रालयको विज्ञप्तिमा काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्यदूतावासले घटनाबारे नेपाली अधिकारीसँग सम्पर्क गरिरहेका र आवश्यक परेमा भारत राहत सहयोग गर्न तयार रहेको पनि उल्लेख गरिएको छ ।

आइतबार राति बारा र पर्सामा आएको हुरीले २८ जनाको ज्यान गएको छ भने सैयौं घर क्षति भएका छन्। झन्डै पाँच सय मानिस घाइते भएका छन् ।

१९ चैत्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको